• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनको इच्छाकामनामा पहिलो पटक आँखा उपचार केन्द्र सञ्चालनमा

  •   शनिबार, पुष ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कुरिनटार । चितवनको इच्छाकामनामा पहिलो पटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति संघ, भरतपुर आखाँ अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना ४ कुरिनटारमा आँखा अस्पताल संचालनमा आएको हो । केन्द्रको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले शुक्रबार एक कार्यक्रमकबिच उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष गीता कुमारी गुरुङले अब आखाँको समान्य समस्या आउदाँ पनि भरतपुर जान पर्ने समस्याको सामाधान भएको बताउनुभयो । उहाँले सबै नागरिकलाईि स्वास्थ्य सेवा पु¥याउनका लागि सबै वडामा स्वास्थ्य चौकीहरु स्थापना गरिएको बताउनुभयो । दुरदराजका बस्तीहरुमा पनि स्वास्थ्य सेवा पु¥याइएको उहाँको भनाइ छ । यस अघि सिटामोल र जिवनजल समेत नपाएर ज्यान गुमाउनु पर्ने अवस्था रहेकोमा आफुहरु निर्वाचित भएर आएपछि त्यसको अन्त्य गरिएको उहाँले बताउनभयो । आँखा उपचार सेवा केन्द्र स्थापना गर्ने आफ्नो सपना पुरा भएको बताउनुभयो । भरतपुर आँखा अस्पतालमा पाउने सम्पुर्ण सुविधा दिने गरि यस उपचार केन्द्रलाई विकास गरिने बताउनुभयो। वडाध्यक्ष होम बहादुर रानाले इच्छाकामना गाउँपालिका मात्र नभइ छिमेकी जिल्ला गोरखाको गण्डकी ,सहिद लखन र धादिङको बेनीघाट रोराङ गाउँपालिकाका जनताले पनि सुविधा पाउने बताउनुभयो । भौगोलिक दृष्टिकोणले छिमेकी गाउँपालिकाहरुका लागि पनि कुरिनटारमा रहेको आँखा उपचार केन्द्र उपयुक्त स्थान भएको उहाँको भनाई छ । नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य चित्र कुमार मास्केले आँखा उपचार केन्द्रमा कम भन्दा कम शुल्क लिने गरेको बताउनुभयो । नाफा भन्दा पनि सेवाको भावनामा देशभर १२१ स्थानमा केन्द्र संचालन गरिरहेको उहाँले बताउनुभयो । नेत्र ज्योति संघले देशका ३५० स्थानमा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले नेत्रज्योति संघको आँखा उपचार केन्द्र सञ्चालन अभियान विश्वकै उत्कृष्ट भएको बताउनुभयो। बजारमा मात्र केन्द्रित नगरी गाउँगाउामा स्थापना गर्ने उहाँले बताउनुभयो । आँखा उपचार केन्द्रमा कम्तीमा कम्तीमा ७५ प्रतिशत आँखाका रोगहरु उपचार हुने हुने बताउनुभयो । यहाँ कर्मचारी र व्यावस्थापन खर्चका लागि मात्र सेवा ग्राहीहरुबाट न्यून शुल्क लिने उहाँको भनाई छ । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ इन्टरनेश्लले उपकरणहरु उपलब्ध गराउने प्रतिवद्ध रहेको बताउनुभयो । लायन्स क्लबले विशेष गरि आँखामा नै बढी काम गर्ने भएकाले आँखा उपचार केन्द्रलाई सहज बनाउने विभिन्न कार्यक्रहरु गरि संरक्षणको भूमिका प्रदान गर्ने पनि बताउनुभयो । कार्यक्रममा नेत्र ज्योति संघ वागमती प्रदेशका सभापति ऋृषिराम पौडेल, नेपाल नेत्रज्योति संघ चितवनका संयोजक कृष्णराज धरेल इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल अन्य जनप्रतिनिधि स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.