चितवन । जल तथा मौसम पूर्वानुमान महाशाखाले चट्याङ र हुरी बतासबाट जोगिन आग्रह गरेको छ । महाशाखाले प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ विशेष सर्तक रहन आग्रह गरेको हो ।
मौसमविद् राजु प्रधानाङ्गले मेघ गर्जन, चट्याङ र हुरी बतास सहित वर्षा गराउने बादल विकसित भइरहेको जानकारी दिए । उनका अनुसार स्थानीय वायुको प्रभावका कारण हुने यो वर्षा लामो भने हुँदैन ।








