• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रामेछापदेखि सुर्खेत हिँडेका यात्री भन्छन्,: रोगले भन्दा पनि भोक र थकानले मर्नें अवस्था

  •   शनिबार, चैत २९, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । हामीले सुनेका थियौं हाम्रा हजुरबुवाहरु एक साताभन्दा बढी समय लगाएर स्याङजा, पाल्पा, बागलुङ लगायतका पश्चिमी पहाडबाट तत्कालिन बटौली अर्थात अहिलेको बुटवल र सिमावर्ती भारतीय बजारमा नुन किन्न आएका कथा । १ घण्टा पनि हिड्न नसक्ने, एक छिन् हिड्ना साथ लगलगी काप्ने हाम्रा खुट्टाहरु र ढुकुरको जस्तो कमजोर मुटु भएका हामीहरुलाई हाम्रा पुर्खा र पूर्वजको अनुभव र भोगाई बेतुकका गफ जस्तो लाग्थ्यो तर आज परिस्थिीतीले हामीलाई ठ्याक्कै त्यही स्थानमा पुर्याएको छ ।

    चीनबाट फैलिएको कोरोना भाइरसको विश्वव्यापी असरको प्रभावले सृजित लकडाउनका कारण अहिले देश ठप्प छ । सवारी साधन सञ्चालन नहुँदा र लामो समयदेखि लकडाउन हुँदा त्यसबाट सृजित पछिल्लो अवस्थाले हामीलाई यही हजुरबुबाको पालाको कथा र अवस्थालाई अनुसरण गर्न बाध्य बनाएको छ । घर आडैको किराना पसलमा एक ढेडी खुर्सानी किन्न पनि हिँडेर जान नसक्ने हामीहरुलाई अहिले कोरोनाले रात दिन त्यो पनि हप्तौहप्ता हिड्नु पर्ने बाध्यकारी अवस्था सृजना गरिदियो । केही दिन यता यस्तै अवस्था सृजना भइराखेको छ । ७÷८ सय किलोमिटरको दुरी समेत मानिसहरु हिँडेरै गन्तव्यमा पुग्ने आशामा बाटो तताएका छन् । त्यो पनि मात्रै पानीको भरमा । अहिले पैसा भएर पनि खान पाउने अवस्था छैन् । यात्रामा कसैले दयाले केही दिए त्यसैलाई सन्जिबनी बुटी मानी स्वीकार्दै यात्रा तय गर्नु बाहेक अरु कुनै विकल्प छैन् । दया गर्नेहरुलाई र दया स्वीकार गर्नेहरुलाई पनि एक खालको त्रास भने मनमा रहने छ त्यसैले अहिले सहजै दया गर्ने र दया स्वीकार गर्नेहरु पनि भेटाउन नसकिने अवस्था कोरोनाले बनाएको छ ।

    पछिल्लो ४ दिन यता नारायणगढ हँुदै गैंडाकोटकोटबाट अगाडि लाग्नेहरुको हुलका हुल आउने गरेको छ । बिहान होस, दिउसो होस या साँझ जुन सुकै बेला पनि मानिसहरु यो सुनसान राजमार्ग हुँदै ताँति लागेर अगाडि बढ्ने गरेका छन् । भर्खरका युवा देखि वृद्धहरु समेत सकिनसकी अगाडि पछाडि झोला बोकेर आफ्नो बाटो तताईरहेका देखिन्छन् ।रामेछापदेखि सुर्खेतका लागि हिँडेका सुर्खेत निवासी ६५ बर्षीय कमल बुढाले रातदिन हिडेर ४ दिनमा गैडाकोटसम्म आएको बताउनुभयो ।

    ३ महिना अगाडि घर बनाउने कामका लागि रामेछापमा जानुभएका उहाँले त्यहाँ दैनिक ज्यालादारीमा काम गर्दै आएको बताउनु हुन्छ ।

    कोरोनाले सबै बन्द भएपछि काम पनि नभएको र बसेर खान पनि नपुग्ने अवस्था भएपछि हिँडेरै भएपनि घर जानभनि साथीभाई सबै जना हिँडेको उहाँले बताउनु भयो । सुर्खेत पुग्न अझै १५ दिन पैदल यात्रा गर्नु पर्ने उहाँ बताउनु हुन्छ । आफूहरुका पिडा नसोध्न उहाँको आग्रह छ ।

    उहाँ जस्तै रामेछापमै घर बनाउने काम गर्ने जयबहादुर शाहीले एक हप्ता लगाएर गैंडाकोटसम्म आएको बताउनु भयो । रोडमा सुतेको, एक छाक खाने, एक छाक नखाने गरेर अहिलेसम्म धानिएको उहाँ बताउनु हुन्छ । आफ्ना खुट्टा सुनिएर हिड्नै नसक्ने अवस्था भइसकेको र कहाँ बेहोस भएर ढल्ने हो, कहा मरीने हो निकै पीडा भएको उहाँ बताउनु हुन्छ । राज्यले आफूहरुका समस्यामा कुनै ध्यान नदिएको भन्दै उहाँले दुखेसो गर्नु भयो ।त्यस्तै बलाराम कठायतले रामेछाप देखी काठमाडौं हुँदै काठमाडौंबाट चितवन हुँदै सुर्खेतको लागि हिडेको बताउनु भयो । ५० वर्षीय कठायतले यात्राको थकानले आफ्ना खुट्टा सुनियर हिड्नै नसक्ने भएको, टाउको दुख्ने र ज्वरो आउन सुरु गरिसकेको भन्दै आफू बाटैमा बेहोस भएर ढलेर घर नपुग्दै बाटैमा मर्ने अवस्था सृजना हुन सक्ने संभावना भएको बताउनु भयो । अझै ४ सयभन्दा बढी किलोमिटरको यात्रा गर्नु पर्ने र त्यसका लागि कम्तिमा पनि १५ दिन लाग्ने कठायत बताउनु हुन्छ । आफ्ना नागरिकको यो अवस्था हुँदा पनि यो राज्यले नहेर्नु अन्याएको पनि हद भएको उहाँ बताउनु हुन्छ । आफूहरु रोगले भन्दा पनि भोक र थकानले मर्नें अवस्था सृजना हुन सक्ने उहाको भनाइ छ ।

    त्यस्तै तेही हुलमा थिए काठमाडौं देखि पाल्पाका लागि हिँडेका श्रमिकहरु जो काठमाडौंमा घर बनाउने काम गर्दै आएका थिए ।

    लकडाउनपछि ठेकेदारले खान बस्न नदिएपछि पैदल यात्रा गरेर सडकमा सुत्दै घिसं्रदै घर जान हिँडेको बताउँदै थिए उनीहरु । सकुशल आफ्नो घर, आफनो परिवार, आमा बुबा भेट्न पाए जिन्दगीको त्यो भन्दा रमाइलो र आनन्दको समय कहिल्यै नहुने कल्पना गर्छन उनीहरु । थाकेर सिथिल बनेको शरीरमा त्यही घर परिवार, आमा, बुबा, श्रीमती, छोराछोरीको कल्पनाले उर्जा दिने गरेको र त्यही उर्जाले दिन रात नभनी भोकभोकै यात्रा गर्न साहास आएको बताउँछन् उनीहरु ।

    पाल्पा घर बताउने जय बहादुरले कहिलेकाही यहाँका नेता र शासक देख्दा उनिहरुकै नाममा आत्म दाहा गर्न मन लाग्ने बताउनु हुन्छ । यस्तो अवस्थामा आफ्ना नागरिक भोकभोकै रातदिन हिँड्दा पनि राज्यको कुनै भुमिका नदेखिनु कस्तो विडम्वना ? उहाँ प्रश्न गर्नुहुन्छ । ‘यस्तो गणतन्त्र भन्दा त बरु यो देशमा राजा नै ठिक थिए । अर्को निर्वाचन यिनले गर्लान नी बाँचिएछ भने मजदुरै भएपनि १० कक्षा सम्म अतिरिक्त गणित पढेको हुँ हिसाबकिताब मिलाउन जानेको छु’ उहाले आक्रोष व्यक्त गर्नु भयो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.