काठमाडौं । बंगलादेशमा अर्को वर्ष आयोजना हुने साफ च्याम्पियनसिप फुटबलको मिति तय भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको हो । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म हुने तय भएको हो । पूर्व तालिका अनुसार साफ यसै वर्ष हुनुपर्ने थियो । तर कोरोनाका कारण अर्को वर्ष प्रतियोगिता सारिएको छ । यस्तै, बैठकले साफका उमेर समुहका प्रतियोगिताको मिति समेत टुङ्गो लागेको छ । निर्णय अनुसार महिलाका यू–१६ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने र यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन हुने भएको छ । पुरुषतर्फको यू–१५ अक्टोबर १ देखि १० सम्म सञ्चाल गर्ने निर्णय भएको छ भने पुरुषकै यू–१५ अक्टोबर १ देखि १० सम्म र यू–१८ अक्टोबर १५ देखि २४ सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।








