काठमाडौँ । प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सीले एस्टन भिल्लासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । चेल्सीले खेलको ३४औं मिनेटमा ओलिभर जिरुउडको गोलबाट अग्रता लिएको थियो । तर, ५०औं मिनेटमा अनवर इल घाँजीले गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन । बराबरीसँगै १६ खेलबाट २६ अंक जोडेर चेल्सी छैटौ स्थानमा उक्लेको छ भने २ खेल कम खेलेको एस्टन समान अंकसहित पाँचौ स्थानमा छ । यस्तै, अर्को खेलमा लेस्टर सिटीले पनि क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेलेको छ ।








