हेटौंडा । मूख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशका ३० सांसदलाई स्पष्टीकरण माग गरेका छन् ।मूख्यमन्त्री पौडेलविरूद्ध अविश्वासको प्रस्तावमा हस्तान्तर गरकामध्ये ३० जनालाई स्पष्टीकरण माग गरेका हुन् । उनीहरूलाई आफ्नै पार्टीको सरकारबिरूद्ध अविश्वासको प्रस्ताव गरेको, दलका नेतालाई दलको विधान अनुसार सहयोग गर्नुपर्ने कर्तव्य पूरा नगरेको, पार्टी हित विपरित कार्य गरेको जस्ता विषय उल्लेख गर्दै स्पष्टीकरण माग गरेका छन्।मूख्यमन्त्री पौडेलविरूद्ध नेकपाका ४५ सांसदले हस्ताक्षर गरेका थिए ।








