काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५११ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६०० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५१ हजार ९१२ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८४७ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको छ ।








