जाजरकोट । कर्णाली प्रदेश सभाका सांसद एवम् अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
भेरी नगरपालिका ७ पुनमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको हो । कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको गाडी आगजनीबाट पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रदेश सरकार मातहतका योजनाहरुको अनुगमन गर्न गएको बेला भेरी नगरपालिका पुन्मामा गाडी जलेको अवस्थामा भेटिएको जाजरकोट प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।








