नुवाकोट । नेपाल एकीरणको सन्देशलाई जीवन्त राख्न सञ्चालित एकीकरण टर्च वोकेको सेना पैदलै नुवाकोट पुगेको छ । गोरखा दरबारबाट सुरु भएको नेपाली सेनाको ‘एकीकरण टर्च’ ¥याली हिजो बेलुकी नुवाकोटको दरबार नजिकै शुभघाट पुगेको हो ।
नेपाल एकीकरणका समयमा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै नेपाली सेनाको टोलीले सुरु गरेको पदयात्राको एकीकरण टर्च ¥याली गत मंगलबार गोरखावाट सुरु भइ धादिङ हुदै नुवाकोट पुगेको थियो । सेनाको टोलीलाई विदुर नगरपालिका –१० शुभघटमा जनप्रतिनिधि तथा सेनाको टोलीले स्वागत गरेको छ ।
यसअघि धादिङको देबीदत्त गणले धादिङ र नुवाकोटको सीमाना सामरीमा नुवाकोटको जबरजङ्ग गणलाई एकीकरण टर्च हस्तान्तरण गरेको हो । एकीकरण टर्च जवरजंग गणले शुभघाटवाट साततले दरबार हुदै नुवाकोट र काठमाडौको सीमाना ककनीको ठूलोखोलासम्म लैजाने छ ।
पुस २७ गते सोमवार पृथ्वी जयन्तीको दिन काठमाडौं पुग्नेगरी सेनाले यात्रा सञ्चालन गरेको सेनाको जवरजंग गणका गणपति उदयवहादुर लामिछानेले जानकारी दिनुभयो । एकीकरण टर्च पैदल अभियानमा सेनाको कुल ४५ जना सहभागी रहेका छन् ।








