चितवन । दुग्ध उत्पादन क्षेत्रमा उत्पादन लागत बढेको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । केहि बर्ष यता दुग्ध उत्पादन, बिबिधिकरण र बजारीकरणको क्षेत्रमा सरकारको उदाशिनता र बढ्दो उत्पादन लागतका कारण किसान मारमा पर्दै आएका छन् । भरतपुर ६ मा रहेको त्रिवेणी दुग्ध उत्पादन सहकारीको २७ औं साधारण सभामा बोल्ने बक्ताहरुले दाना, चोक्कर र औसधीको मूल्य बढ्ने क्रम जारि रहेको र दुधको मूल्य वृद्धिमा कसैले ध्यान नदिदा किसान थप समस्यामा परेको बताए ।
“अबैधानिक तरिकाको कर प्रणाली लागु गरि कर चुक्ता गर्न बाध्य बनाउनु समग्र दुग्ध क्षेत्रको लागि चुनौती हो, केहि बर्ष यताबाट बिधुत महशुलमा समेत सरकारले छुट दिन छाड्यो।” अध्यक्ष बिष्णु प्रसाद देवकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, “उत्पादन लागत बढ्नु, अनुत्पादक पशु चौपायाको उचित व्यवस्थापन गर्न नसक्नु यो क्षेत्रको चुनौती हो।”उनले नश्ल सुधार कार्यक्रम प्रभावकारी बनाउन नसक्दा किसान चरम समस्यामा रहेको बताए । कार्यक्रममा भरतपुर महानगरका वडा अध्यक्ष हरिविलाश कोइरालाले सरकारको तिन खम्बे अर्थ नीति सहकारीको हितमा रहेपनि सहकारीलाई थप सेवा सुविधा वृद्धि गर्नुपर्ने बताए ।
उनका अनुसार दुधालु पशु कम हुदै गएको अबस्थामा अब सहकारीले बिशेष कार्यक्रम मार्फत दुधालु गाईको संख्या बढाउन काम गर्नु पर्ने आवस्यकता औल्याए । उनले पशु पालन सम्बन्धी परियोजनामा वडा कार्यालय र भरतपुर महानगर सधै संगै रहेको बताए । त्यस्तै चितवन दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष रत्नमणी न्यौपानेले पशु चौपायामा देखिने रोगको निराकरण तिब्र गर्न सरकार समक्ष माग गरे ।त्रिवेणी दुग्ध उत्पादन सहकारीले व्यवसायिक रुपमा पशुपालन गर्दै स्वच्छ तथा गुणस्तरिय दुध उत्पादन गरि आय आर्जन गराउने गरेको छ ।
२०५० सालमा स्थापित सहकारीमा अहिले दैनिक २३ सय लिटर दुध संकलन हुदै आएको छ । ३५ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले १ सय ८५ जना शेयर सदस्य र १ सय ९० साधारण सदस्य गरि ३ सय ७५ जना सदस्य कृषक छन् । सहकारीले बचत कार्यक्रम, पशु बिमा, घासमा आधारित पशुपालन व्यवसायलाई प्रोत्साहन लगाएतका काम समेत गर्ने सस्थाका अध्यक्ष बिष्णु प्रसाद देवकोटाले बताए ।
सस्थाले दुधलाई बिबिधिकरण गरि बजार लैजाने नीति अनुसार देवनगर दुग्ध उत्पादन सहकारीको नेतृत्वमा त्रिवेणी, जय नेपाल, तोरिखेत सहकारीको साझेदारीमा लाईभ स्टोक इनोभेसन आयोजना मेघा प्रोजेक्ट संग सहकार्य गर्दै २ करोड लगानीको गुरु योजनामा समेत काम गरिरहेको छ ।








