काठमाडौँ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा पीएसजीले ब्रेस्टमाथि ३–० को जित निकालेको हो । खेलको १६औं मिनेटमा मोइस किनको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफमा ८१औं मिनेटमा मोउरो इकार्डीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
८२औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई ३-० को सहज जित दिलाए । जितसँगै पीएसजी दोस्रो स्थानमा उक्लिएको छ । पीएसजीको १९ खेलबाट ३९ अंक छ । पराजित ब्रेस्ट समान खेलमा २६ अंकसहित ११औं स्थानमा छ ।








