काठमाण्डौ । रुसले कोरोना भाइरस विरुद्ध २५ मिलियन (२ करोड ५० लाख) डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक(भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको रोयटर्सले जनाएको छ । स्पुतनिक(भी खोप रुसले विकास गरेको खोप हो ।
रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको समाचारमा उल्लेख छ । भारतमा खोपको परीक्षण समेत गरिने रोयटर्सले समाचारमा उल्लेख गरेको छ । यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशले प्रयोग गर्न थालिसकेका छन् । स्पुतनिक–भी खोपको चिकित्सकीय परीक्षण गर्दा ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी रुसले गरेको छ ।








