काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६० हजार १७७ संक्रमणमुक्त भएका छन् ।
आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ४३ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ ।








