सांकेतिक तस्विर
सर्लाही । बागमती नगरपालिका वडा नम्बर ११ झप्सीमा भिरबाट लड्दा एकजनाको मृत्यु भएको छ ।सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ११ झप्सीमा भिरबाट लडदा एक पुरूषको मृत्यु भएको हो। भिरबाट लडेर मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका १ का अन्दाजी ६५ वर्षिय ललित बहादुर वाईवा रहेको जनाइएको छ। मादक पदार्थ सेवन गरी हिडेका वाईवा भिरबाटको अवस्थामा उद्धार गरी हरिवनमा रहेको नमुना अस्पताल पुयाईएको र उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले जनाएको छ।








