काठमाडौँ । एथ्लेटिक बिल्बाओ स्पेनिस सुपर कप च्याम्पियन बनेको छ । गएराति भएको फाइनल खेलमा बार्सिलोनालाई ३२ गोल अन्तरले पराजित गर्दै बिल्बाओले उपाधि चुमेको हो । खेलको ४०औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । त्यसको २ मिनेटपछि नै बिल्बाओका डि मार्कोसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७७औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को पुनः अग्रता दिलाए । तर, ९०औं मिनेटमा बिल्बाओका एसिएर भिल्लालिब्रेले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।
अन्तिम समयमा कप्तान लियोनेल मेस्सी रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो।








