काठमाडौं,५ माघ । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई वटा खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुने पहिलो खेलमा बागमतीविरुद्ध सुदूरपश्चिम प्रदेश र मुलपानीस्थित क्रिकेट मैदानमा प्रदेश–१ विरुद्ध गण्डकी प्रदेशबीच प्रतिष्पर्धा हुने छ ।
यसअघि हिजो भएका खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश विजयी भएका थिए । मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकाल्दा बागमतीले प्रतियोगितामा विजयी सुरुवात गर्यो ।








