नवलपुर । जिल्ला प्रहरी कार्यलय नवलपुरले ‘हिरासतमा पुस्तकालय’ कार्यक्रम संञ्चालन गरेको छ । सोमवार गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालले उक्त ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमको उद्घाट गर्नुभएको थियो । गण्डकी प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रमुख बिच भएको कार्य सम्पादन सम्झौता अनुरुप नवप्रवर्तनात्मक कार्यक्रम अन्तरगत प्रहरी हिरासतमै पुस्तकालय स्थापना गरिएको हो ।
पुस्तकालय उद्घाट गर्दे प्रदेश प्रहरी प्रमुख अर्यालले हिरासतमा बसेकाहरुलाई ज्ञान र उपदेश सकारात्कम लेख वा कथाहरुले प्रदान गर्ने हुदा हिरासतमा बसेकाहरुलाई पनि पुस्तक अध्ययन गर्नुपर्ने मुख्य कारण रहेको हुदा ‘हिरासतमा पुस्तकालय’ कार्यक्रम संञ्चालन गरेको र यो प्रभावकारी हुने प्रहरी प्रमुख अर्यालले बताउनुभयो ।
गण्डकी प्रदेशका प्रहरी प्रमुख अर्यालले हिरासतमा रहेका केहिलाई पुस्तक हस्तान्तरण गरि ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमको उद्घाट गर्नुभएको थियो । यस अघि जिल्ला प्रहरी कार्यलय नवलपुरले विद्यार्थिसंग प्रहरी कार्यक्रम आयोजना गरेको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।








