काठमाडौं । प्रदेश नम्बरमा १ मा नेकपाको संसदीय दलको बैठक सुरु भएको छ । केहीबेर अघिबाट विराटनगरको होटल एसियाटिकमा बैठक सुरु भएको हो । भीम आचार्यको अध्यक्षतामा बैठक सुरु भएको एक नेतालाई जानकारी दिए । बैठकमा ३३ जना सांसद सहभागि भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद छन् ।
६७ मध्ये बैठकमा ३३ जना सहभागी भएका हुन् । बैठकमा ओली पक्षीय सांसदहरु सहभागि छैनन् । बुधबार प्रदेशसभा बैठक बस्दैछ । त्यसअघि नेकपाको बहुमत पक्षको संसदीय दलको बैठक बसेको हो । यसअघि प्रचण्ड-माधव पक्षले मुख्यमन्त्रीसमेत रहेका दलका नेता शेरधन राईलाई हटाएर भिम आचार्यलाई चयन गरेको थियो । प्रदेश सभा बैठकमा नेकपाको बहुमत पक्षले प्रदेशका मुख्यमन्त्री राईविरुद्ध दर्ता गरको अविस्वासको प्रस्ताव निणर्याथ प्रस्तुत गर्ने तयारी छ ।








