एजेन्सी । लेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन विलफ्रेड एनडीडी र जेम्स माडिसनले समान एक/एक गोल गरे । खेलको छैटौं मिनेटमा विलफ्रेडले गोल गर्दै लेष्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४१ औं मिनेटमा माडिसनले गोल गर्दै लेष्टरलाई २-० को जित दिलाए । जितसंगै शीर्ष स्थानमा उक्लिएको लेष्टरले १९ खेलमा ३८ अंक जोडेको छ । चेल्सी २९ अंक जोदेत आठौं स्थानमा रहेको छ ।








