काठमाडौं । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखबाट आएको हिउँदे अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउँदै बैठक स्थगित गरेका हुन् । प्रदेश सभा हुनसक्ने अप्रिय घटनालाई रोक्नका लागि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको बुझिएको छ । नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारमा पनि परेको छ । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।








