माडी । माडीको बसन्तपुरमा जारि दोश्रो माडी गोल्डकपमा सेन्ट्रल कलेज बि.एफ.सि भरतपुर फाइनल प्रवेश गरेको छ। आज भएको सेमिफाइनलको पहिलो खेलमा माडी ११ लाई १-० गोल अन्तरले पराजित गर्दै भरतपुर फाइनलमा प्रवेश गरेको हो। सेन्ट्रल कलेज बि एफ सि भरतपुरका लागि सुरेश कुमारले १ गोल गरेका थिए । यस्तै प्रतियोगिता अन्तर्गत भोलि सेमिफाइनल तर्फको दोस्रो खेलमा प्रतिस्पर्धा काठमाण्डौँ ११ र लेखनाथ युनाइटेड क्लब पोखराबिच भिडन्त् हुनेछ । दोश्रो माडी गोल्डकपमा बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी रहेको हो ।








