काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का अभिनित चलचित्र “चिसो मान्छे” को छायाँकन फागुनदेखि शुरु गरिने भएको छ । चलचित्र “पशुपति प्रसाद” र “आमा” निर्देशन गरेका दिपेन्द्र खनालले निर्देशन गरेको यस चलचित्र फागुनको पहिलो साताबाट छायाँकनमा जाने भएको हो । शर्मिला पाण्डेले निर्माण गर्न लागेको यस चलचित्र मानिसहरुमा देखिएको नैराश्यताको कथामा बन्ने बताइएको छ ।
चलचित्रको छायाँकन सुदूरपश्चिमका विभिन्न ठाउँमा हुने बताइएको छ । चलचित्रमा सुदूरपश्चिम भेगको परिवेश र लबज मिसाइने बताइएको छ भने चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको अभिनय रहनेछ ।








