काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शानदार जित दर्ता गरेको छ । गएराति भएको खेलमा रियलले आल्भेसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा क्यासमिरो र इडेन हाजार्डले समान एकएक गोल गरे । खेलको १५औं मिनेटमा क्यासमिरोको गोलबाट पाहुना टोलीले सुरुवाती अग्रता लिएको थियो ।
४१औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयमा हाजार्डले गोल गर्दै रियललाई ३० को अग्रता दिलाए । त्यसपछि ५९औं मिनेटमा एलाभेसका जोसेलुले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउन प्रयास गरे । तर, ७०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ४–१ को सानदार जित दिलाए ।
जितसंगै रियलले १९ खेलबाट ४० अंक जोडेको छ । रियल दोस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ४४ अंक छ । एट्लेटिकोले दुई खेल कम पनि खेलेको छ । पराजित आल्भेस २० खेलमा १८ अंकसहित १७ औँ स्थानमा छ ।








