महोत्तरी । महोत्तरी जिल्लाको गौशाला-सम्सी सडकखण्डमा सोमबार टिपरले ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको बलवा नगरपालिका-९ का १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका-४ का १७ वर्षीय गुड्डु नदाफ रहेका छन् । सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नम्बरको टिपरले औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा विपरीत दिशाबाट आइरहेको ज६प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रमोद र पछाडि सवार गुडडुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।








