काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३३९ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६४ हजार ५३८ संक्रमणमुक्त भएका छन् ।
आजको कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ११ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार २४० रहेको छ ।








