मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नंया कामको थालनी हुनेछ,सहयोगी मित्रहरु बढ्नेछन्,सन्तान पक्षबाट सुख को अनुभूति हुनेछ,आजको शुभ अंक १० रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बिज्ञान तथा अनुसन्धान क्षेत्रमा रहनेहरुको लागि नंया प्रतिफल मिल्ने समय छ, ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) नवदम्पतिको लागि भविष्यको लागि राम्रो योजना बनाउने तथा नंया कामको थालनी हुने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरन्जनात्मक कार्यमा समय व्यतित हुनेछ,दाजुभाई तथा इष्टमित्रको सम्बन्धमा आत्मियता बढ्नेछ, ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कृषि तथा पशुपालन बाट मनग्य लाभ मिल्नेछ,पढाई लेखाईमा प्रगति हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ, पशुपक्षीबाट खासै लाभ हुने देखिन्न।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) यज्ञ(अनुष्ठान र धार्मिक कार्यहरुमा सरिक हुने अबसर मिल्नेछ,जग्गा जमिनमा सफलता मिल्नेछ,।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) दैविक प्रकोप र अस्वाभाविक दुर्घटनाले धन जनको क्षति साथै अंग भंग हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) दाम्पत्य सम्बन्धमा कमजोरी आउन सक्छ,गुप्तरोगको भय तथा नशा सम्बन्धि समस्या आउन सक्छ ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि) ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ, राजनीतिक त्रक्षे सफल रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) स्वास्थ्यमा भने केहि प्रतिकूलताको सामना गर्नु पर्ला, खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि) दाम्पत्य सम्बन्धमा कमजोरी ल्याउन सक्छ,नोकरीमा अनाबस्यक झैँ झमेला आउने छ ।








