• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

मिथिलाको लोकगाथासंग जोडिएका नाच लोप हुँदै

  •   मङ्गलबार, माघ १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    वीरगञ्ज । पछिल्लो समय मिथिलाको लोकगाथासँग जोडिएका विभिन्न नाच लोप हुँदै गएका छन् । १६ औं शताब्दीसँगै अस्तित्वमा आएको मिथिलाको ग्रामीण संस्कृतिसँग जोडिएका राजा सलहेश, दिनाभद्री, कुवर वृजभान, आल्हारुदल, गोपीचन्द, राजा भरथरी, सामाचकेवा जस्ता पौराणिक नाच अहिले लोप हुनथालेका हुन् । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म तथा छिमेकी मुलुक भारतको पटनासम्म प्रख्यात रहेको यस्ता लोकनाच हराउँदै गएसँगै यसका कलाकार पनि विस्तापित हुदै गएका छन् ।

    मिथिला संस्कृतिसँग जोडिएका पौराणिक नाच लोप हुनुमा लगानीकर्ताको अभाव, युवापुस्ता वैदेशिक रोजगारमा जानु, नयाँनयाँ प्रविधिको विकास हुनु जस्ता मुख्य कारण भएको जानकारहरुको भनाइ छ । पन्ध्र वर्षका उमेरदेखि मिथिलाको लोकनाच गर्दै आएका सिरहा कल्याणपुर नगरपालिका–८ तिलासीका ६५ वर्षीय फनिराम रजक नाच कम्पनी बन्द भएपछि अहिले बेरोजगार भई घरमै बस्न बाध्य भएका छन् । यसको एउटै कारण हो, मिथिलाको ग्रामीण संस्कृति र लोकगाथासँग जोडिएको नाच लोप हुँदै जानु ।

    यस्ता नाच लोप हुनथालेपछि यसमा आवद्ध भएका कलाकार बेरोजगार भई हातमुख जोर्न धौधौ हुनपुगेको छ । पहिला पहिला विबाह, धार्मिक पर्व तथा व्रत पूजाहरुमा रातभरि यस्तो नाच नाचिने गरेको उहाँको भनाइ छ । अहिले यस्ता पाठपूजा व्रतमा समेत छाडा हिन्दी। भोजपुरी र नेपाली गीतहरु बजाउँदा पुरानो संस्कृति र परम्परा नै लोप हुँदै गएको उहाँले बताउनुभयो । प्रदेश नं २ को आठ जिल्लामा करीब ५०० भन्दा बढी नाच कम्पनी रहेकामा कालान्तरमा आएर ती नाच कम्पनी बन्द हुन थालेपछि यसका कलाकार विस्थापित हुन थालेका छन् ।

    नाच कम्पनी बन्द हुन थालेपछि करीब दुई हजार भन्दा बढी कलाकार विस्थापित भई अन्य पेशातर्फ आकर्षित हुन थालेका छन् । आधुनिक शिक्षाको प्रचारप्रसारको कारण कलाकार शहरमुखी भएको, वैदेशिक रोजगारमा जाने क्रम बढदै गएको, कलाकारको अभाव हुनु, सिडी, टेलिभिजन, नेट तथा मनोरञ्जनका नयाँनयाँ प्रविधिको विकास भएकाले कालान्तरमा मिथिलाका लोकनाच लोप हुन थालेको छ । उपप्राध्यापक तथा मैथिली विषयका ज्ञाता श्यामसुन्दर शशीले राससलाई भन्नुभयो, “मौलिक संस्कृतिको साधनका रुपमा रहेको लोकनाचसँगै लोकबाजासमेत लोप हँुदै जानु चिन्ताको विषय भएकाले यसको संरक्षण र सम्वद्र्धनमा स्थानीय सरकारले ध्यान दिनुपर्दछ ।”

    “मिथिला लोक संस्कृतिसँग जोडिएका यस्ता नाचको संरक्षणमा स्थानीय तथा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्दछ”, साहित्यकार तथा लेखक चन्द्रकिशोर झाले भन्नुभयो, “यस्ता नाचले समाजमा एकखालको सकारात्मक सन्देश दिनुका साथै धार्मिक ग्रन्थमा भएका विषयका बारेमा समेत ज्ञान दिने गरेको थियो ।” स्थानीय कला, संस्कार र संस्कृति स्थानीय सरकारको सम्पत्ति भएकाले त्यसलाई जोगाउनका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । यस्ता नाचमा पुरुष कलाकार हुने गरेको र पुरुष वैदेशिक रोजगारको क्रममा खाडीमूलुक जाने परम्पराले गर्दा कलाकारको अभावमा समेत नाच प्रभावित हुनपुगेको भनाइ नाच कम्पनीको छ ।

    यस्ता नाच ग्रामीण क्षेत्रमा लोकप्रिय रहेको छ । ग्रामीण क्षेत्रको लोकगाथा, जीवन र संस्कृतिसँग जोडिएका यस्ता नाच प्रायःगरी बिवाह, व्रतबन्धलगायत माङ्गालिक कार्यक्रममा नाच्दा रु तीन लाखसम्म पारिश्रमिक पाउने गरेको स्थानीय कलाकारको भनाइ छ । अहिले ९९ प्रतिशत नाच कम्पनी बन्द हँुदा उनीहरु बेरोजगार भई अन्य वैकल्पिक पेशा अगाल्दै गएका छन् । मिथिलाको ग्रामीण जीवन, लोक संस्कृति, माटो र पानीसँग जोडिएका यस्ता लोक तथा मौलिक नाचको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने माग मिथिलावासीको छ ।(रासस)

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.