काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २८३ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६५ हजार ६९ संक्रमणमुक्त भएका छन् ।
आजको कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार २० पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार २८६ रहेको छ ।








