• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नवलपुरमा दुई पाङ्ग्रे सवारी चालकलाई सडक प्रशिक्षण

  •   बिहिबार, माघ १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा दुईपाङ्ग्रे चालकलाई सप्ताहव्यापी सडक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । पुर्वपश्चिम राजमार्गमा अध्याधिक मात्रामा मोटर साइकल दुर्घटना बढे पछि सचेतना कार्यक्रम थालिएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलयले प्रदेशका ११ जिल्लामा सचेतना कार्यक्रम आयोजना गरेको हो । सचेतना कार्यक्रम अन्तरगत विहिवार गण्डकी प्रदेशको नवलपुरमा पनि उक्त कार्यक्रम आयोजना गरेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रभु ढकालले जानकारी दिनुभयो ।

    प्रमुख ढकालका अनुसार गण्डकी प्रदेशको ११ जिल्ला मध्ये सबै भन्दा धेरै मोटरसाइकल दुर्घटना हुने जिल्ला नवलपुर रहेको हुदा नवलपुरमा पनि चालक संग पाँच मिनेट कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विशेष गरेर दुई पाग्रे सवारी साधनहरूले ट्राफिक नियम उल्लंघन गरी लापरबाहीपूर्ण तरिकाले सवारी चलाउने हुँदा दुई पाग्रे सवारी साधनलाई लक्षित गरेर सचेतना कार्यक्रम सञ्चालनमा आएको हो। एक पटकमा १० देखि १५ वटा दुई पाङ्ग्रे सवारी साधन रोकी सचेतना दिने गरिन्छ। दैनिक एक घण्टा मोटरसाइकल,स्कुटर चालकहरूलाई पाँच मिनेट सडकमा रोकी सडक सुरक्षा र ट्राफिक नियमको बारेमा सचेतना प्रदान गर्दै आएको प्रमुख ढकालले बताउनुभयो।

    प्रत्येक चालकलाई ५ मिनेटको घुम्ती सचेतना अन्तरगत दुईपांग्रे सवारी साधनहरूले हेलमेट लगाउने, लेन अनुशासन, जथाभावी ओभर टेक गर्ने, ओभर स्पीडमा चलाउने, ठूलो आवाजका सवारी साधन चलाउने र जिकज्याक गरी चलाउने कुरामा केन्द्रित रहेर सचेतना प्रदान गरिएको प्रमुख ढकालले बताउनुभयो । प्रमुख ढकालका अनुसार मोटर साइकल चलाउँदा ध्यान दिनुपर्ने कुराहरुलाई विशेष प्राथमकितामा राखेर सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

    नवलपुर सहित प्रदेशका एघारै जिल्लामा सचेतना कार्यक्रम आयोजना गरिने उहाँको भनाइ छ। यस्तै कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नवलपरासी बर्दघाट–सुस्तपूर्व का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले अहिलेको समयमा सडक दुर्घटनाले धेरै मानिसको ज्यान लिएको बताउनुभयो । उहाँले सवारी चलाउदा होसियार हुनु आवश्यक रहेको जानकारी दिनुभयो । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलयले गरेको ५ मिनेट सवारी दुर्घटना सचेतना कार्यक्रमले एउटा व्यक्ति ज्यान बचाउन सक्ने बताउनुभयो । उहाँले चालक सचेत भएको अवस्थामा ५० प्रतिशतभन्दा बढी दुर्घटना न्यूनिकरण गर्न सकिने बताउनुभयो ।

    सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको पहल आवश्यक रहेको उहाँले जानकारी दिनुभयो। उहाँले तीव्र गतीमा गाडी चलाउदा , सवारी साधन चुस्त दुरुस्त नराख्दा , सडकको अवस्थाबारे जानकारी नहुदा , दुर्घटना बढेका छन् भन्दै यसको नियन्त्रणका लागि सम्बन्धीत सबै गम्भीररुपमा लाग्नुपर्ने बताउनुभयो । दुर्घटनाको पीडा स्वयं पीडितलाई थाहा हुने भन्दै उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि सबै आ–आफ्नो स्थानबाट लाग्नु पर्ने बताउनुभयो। त्यस्तै जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले सवारी दुर्घटना न्युनिकरण गर्न सचेतना कार्यक्रमले धेरै मदत पुग्ने बताउनुभयो ।

     

    उहाँले गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलयले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकलाई सचेतना जगाउने उदेश्यले गरेको कार्यक्रमले धेरै उपलब्धि हुने बताउनुभयो । सवारी चलाउँदा हतार गर्ने प्रवृत्तिले गर्दा दुर्घटना बढेको बताउनुभयो ।“हामी आफ्नो गन्तव्यमा पुग्नका लागि समयमा यात्रा शुरु गर्दैनौँ”, उहाले भन्नु , “जब हाम्रो उमेर ढल्दै जान्छन् अनि हामी गाडी चलाउन शुरु गर्छौं, त्यो पनि तीव्र गतिमा चलाउँछौँ, यही नै दुर्घटनाका एउटा प्रमुख कारण हो ।”समय समयमा गरिने यस्ता सचेतना कार्यक्रमले धेरै मानिसको ज्यान जोगिने मल्लको भनाइ थियो ।

    दुई पाङ्ग्रे बाट सुरु भएको अभियान तीन पाङ्ग्रे ,चार पाङ्ग्रे गरि सबै सवारिसाधनमा गरिने समेत उहाँले बताउनुभयो । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीको आयोजनामा भएको कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले समन्वय गरेको छ ।

     

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.