रौतहट । नेपाल प्रहरीले प्रतिबन्धित लागू औषधसहित बागमतीका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका वडा नम्बर ४ का शेरबहादुर कुश्वारा रहेका छन् ।
उनको साथमा दुई हजार एकसय नाईट्रोभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । बा ९३ प ८६१ नम्बरको मोटरसाईकलमा सवार उनलाई चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित मंगलपुर चोकबाट बिहीबार साँझ पक्राउ गरिएको श्रेष्ठले बताए ।
उनलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ ।








