पोखरा। नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष तथा डनन्यूजका प्रधानसम्पादक राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।
पोखराकै एक पत्रकारलाई अभद्र व्यवहार गरेको आरोपमा उनीलाई कास्की प्रहरीले पक्राउ गरेको हो।अधिकारीलाई उजुरीका आधारमा मंगलबार बिहान उनकै निवास पोखरा शान्तिनगरबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिएका छन् ।उनीमाथि म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ।








