• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

हावाहुरी र असिना पानीका कारण पुर्वी चितवनमा लाखौंको क्षति

  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ३ दिनदेखि परिरहेको असिना र हावाहुरी पूर्वी चितवनमा लगाइएको केराखेतीमा लाखौंको क्षति पुगेको छ । केराको पकड क्षेत्र पूर्वी चितवन र पश्चिम चितवन भए पनि पूर्वी चितवनमा लगाइएका केराखेतीमा आंशिक तथा पूर्णरूपमा क्षति पुगेको हो । केरा उत्पादक संघ, चितवनका अध्यक्ष घननाथ महतोका अनुसार हालसम्म १ करोड रुपैयाँ बराबरको क्षति भएको आंकलन गरिएको छ । उनले भने, ‘जिल्लाका अन्य किसानहरूको पनि क्षति विवरण संकलन गर्ने काम भइरहेको छ ।’

    हाल संघले कृषकको बगानमा गएर क्षतिको विवरण संकलन गर्ने र बीमा कम्पनीसँग सहकार्य भइरहेको जानकारी दिएको छ । संघका महासचिव वेदप्रसाद भट्टराईका अनुसार पूर्वी चितवनमा एउटै किसानको ४ बिघामा लगाएको केराखेतीमा पूर्णरूपमा क्षति भएको छ । ‘एकै किसानको २० लाखसम्मको क्षति भएको छ,’ उनले भने, ‘३० जना किसानको पूर्णरूपमा क्षति भएको हामीले पाएका छौं ।’ केराको उपयुक्त समय भएकाले बेच्न राखिएका, फल्न लागेका र आगामी वर्षका लागि तयार पारिएका बिरुवा असिनापानीले सखाप पारेको भट्टराईले जानकारी दिए । रत्ननगर नगरपालिका वडा नम्बर १६ का हरिप्रसाद अधिकारीले आफ्नो बगानमा रहेको करीब २ हजार बोट असिना र हावाहुरीले ध्वस्त पारेको बताए ।

    सोही वडाका अर्का किसान रामचन्द्र दुवाडीले चार बिघामा रहेको तयारी केरा, पसाउन लागेको केरा र बिरुवा समेत काम नलाग्ने गरी ध्वस्त बनाएको बताए । ‘एक त बजारमा विक्री छैन,’ उनले भने, ‘लकडाउनपछि बेचौंला भनेर राखिएको केरा हावाहुरीले ढालिदियो ।’ पश्चिम चितवनका केराखेतीमा असिनापानीले क्षति नगरे पनि बजारमा केरा लैजान नसक्दा बारीमै पाक्न थालेको संघका अध्यक्ष महतोको भनाइ छ । गतवर्ष चितवनमा डेढ अर्ब बराबरको केराको कारोबार भएको थियो । यस वर्ष कृषकको संख्या बढ्दै जांँदा र समय अनुकुलका कारण उत्पादन थप वृद्धि हुने अपेक्षा कृषकको थियो ।

    चितवनमा हाल ३ हजार बिघाभन्दा बढीमा केराखेती गरिँदै आएको छ । यहाँ व्यावसायिक रूपमा केराखेती गर्ने किसान सात सय जना छन् । अधिकांश किसानले बीमा गर्नसमेत पाएका छैनन् । यहाँको उत्पादन मुख्यगरी काठमाडौं, पोखरा लगायत देशका धेरै शहरमा जाने गर्दछ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.