दोलखा । दोलखाको एक गाउँपालिकाले सोनाम ल्होछार पर्व मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जिल्लाको शैलुङ गाउँपालिकाले पालिकभर सोनाम ल्होछार मनाउन माघ २९ गतेबाट फागुन १ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाले माघ २१ गते जारी गरेको विज्ञप्तिमा तामाङ समुदायको विशेष चाड २८५७ लाङ÷म्हे(गाईपर्व) ल्हो सोनाम ल्होछार मनाउन तिन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ।









