फाईल तस्बिर
बारा । बारामा घरभित्रै एक महिलाको हत्या भएको छ । महागढीमाई नगरपालिका–१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ ।
घटना बारे थप विवरण आउँन बाँकी छ । आइतबार बेलुकी उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका थिए । केहीबेरपछि आफू घरमा फर्किंदा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको उनले प्रहरीसमक्ष बताएका छन् ।








