कोभिड-१९ को कारण अहिले विश्व लकडाउनमा छ । संसारकै मानवहृदयहरू यतिबेला त्रासमा छ्न् । यस्तो बेलामा कतिपयलाई लकडाउनको एकान्तबास कटाउन मुस्किल छ। यस्तो समयमा कोरोना भाइरसबाट बच्नको लागि गरिएको बन्दाबन्दीको कारण घरमै लामो समय बिताउँदा बालबालिकाको मनस्थितिमा कोरोना भाइरसले त्रास फैलाएको छ। उस्तो त्रासदीबाट बालबालिकाहरूलाई जोगाउनु अत्यन्त जरुरी हुन्छ । गैडाकोट नगरपालिका नगर बाल सञ्जालको अध्यक्ष सुस्मिता भण्डारीसंग हल्कारो समाचारले गरेको कुराकानी ।
बाल सञ्जाल भनेको के हो ?
बालबालिकाहरुको भित्र लुकेको प्रतिभालाई प्रस्पोटन गर्न साथै बालबालिकाहरुमा आएको समस्याहरुलाई समाधान गर्नको लागि १८ वर्ष सम्मको बालबालिकाको सस्था , साथै समाजमा बालबालिकाको अधिकार सुनिस्चित गर्ने एउटा माध्यम हो ।
बाल सञ्जालले बालबालिकाको लागि कस्तो कस्तो कार्य गर्दै आएको छ ?
बाल सञ्जालले बालबालिकाहरुको इच्छा चाहाना बुझेर बालबालिकाहरुले गर्न सक्ने कार्यहरु साथै उनीहरु भित्र रहेको प्रतिभालाई सामुहिक रुपमा छलफल गरेर बालबालिकाहरुलाई सक्षम बनाउने कार्य गर्दछ । यसले बालमैत्री समाज निर्माणको लागि सरोकारवालाहरुसँग समन्वयन र साझेदारी गरेर कार्यक्रम ल्याउने कार्य गर्दछ ।बालबालिकाहरुको नेतृत्वविकास गर्नको लागि वक्तृत्वकला प्रतियोगिता, हाजिर जवाफ कार्यक्रमहरु गर्छ । यसले बालबालिकालाई उनीहरुको अधिकार र कर्तव्य प्रति जानकार र जागरुप गराउने कार्य गर्दछ । बालबालिहरुको बाल अधिकार र कर्तव्य बारेमा प्रशिक्षण दिने गरिन्छ । साथै नगरपालिकाको योजना अनुसार बालबालिकाहरुलाई बजेट छुटाउने कार्य गर्दछ । बाल श्रम , बाल बिवाहा बिरुद्ध सचेतना कार्यक्रमहरु गर्ने गर्छ ।

लकडाउनको समयमा बाल सञ्जालले बालबालिकाको लागि कस्तो कस्तो कार्यक्रम लाएको छ ?
बिशेषगरि यो माहामारिको समयमा सबैजना घरभित्र बस्न पर्ने भएको हुदा बाल सञ्जालले ईन्टरनेटको माध्यमबाट बालबालिकालाई सचेतना दिने खालको भिडियो बनाएर युटुव, सामाजिक सञ्जालमा राखेर शिक्षा दिने कार्य गर्दै आएको छ । साथै सामाजिक सञ्जालको प्रयोग गरेर बालबालिका कसरी सामाजिक र नैतिकवान हुन सिकाउने कार्य गर्दै आएको छ । यो समयमा बालबालिकाहरु हतोत्साहित नहुन भनेर सृजनात्मक कार्यहरुमा अगाडि बढाउन नयाँ नयाँ कार्यहरु गर्न लगाएर उनीहरुको कार्यहरु सामाजिक सञ्जालमा राखेर प्रेरणा दिने कार्य गर्दै आएको छ ।
लकडाउनको समयमा बालबालिकाहरुलाई कसरी सुरक्षित राख्न सकिन्छ ?
यो समयमा प्रथम कुरा भनेको बालबालिकाहरुलाई घरभित्रै बसाउन पर्ने हुन्छ साथै उनीहरुको व्यक्तिगत सरसफाइमा पुर्ण रुपमा ध्यान दिन पर्ने हुन्छ । बालबालिकाहरुलाई कोरोना भाइरस भनेको के हो?यसबाट बच्न कस्ता कस्ता कुरा गर्नु पर्छ भने जानकारी दिनु पर्छ उनीहरुलाई बेलाबेलामा साबुन पानिले हात धुन लगाउने, अनिवार्य रुपमा माक्र्स रुमालको प्रयोग गर्न पर्छ भनेर सिकाउन पर्छ ।अभिवावकहरुले बालबालिकाहरुको रोग्प्रतिरोधतत्मक क्षमता वृद्धि गर्ने खाना खुवाउन पर्छ ।
यो समयमा बाल बालिकाहरुमा पर्ने शारीरिक तथा मानसिक असरबाट बचाउन के गर्न सकिन्छ ?
यो समयमा बालबालिकाहरु घरबाट बाहिर निस्किन नमिल्ने भएको हुँदा उनीहरुको कुरा सुन्ने र उनीहरुको भावना बुझ्ने गर्नु पर्दछ। उनीहरुको अवस्था, रुचि, चाहाना, क्षमताको आधारमा उनीहरुलाई हौसला र आवश्यक सल्लाह दिनु पर्छ । उनीहरुलाई उचित खानपान गराउने, योग ध्यानको बारेमा जानकारी गराएर शारीरिक व्यायाम गर्न प्रेरणा गराउन आवश्यक छ । उनीहरुले गर्न सक्ने कामहरु जस्तै रोटी बेल्न सिकाउने, खाना बनाउन सिकाउने, आफ्नो करेसाबारीमा तरकारीहरुको बारेमा जानकारी दिने, अनि महत्त्वपूर्ण कुरा भनेको कोरोना भाईरसले मृत्यु भएको मानिसहरुको बारेमा सकेसम्म जानकारी नगराउने। यो समयमा बालबालिकाहरुलाई पढनु पर्छ मात्र नभई अतिरिक्त क्रियाकलापमा कसरी बढन सकिन्छ भन्ने जानकारी प्रधान गर्ने ।

लकडाउनको समयमा बालबालिकाहलाई आ–आफ्नो घर घरमा ब्यस्त राख्न कस्ता खालको क्रियाकपाल गर्न सकिन्छ ?
यो समयमा बालबालिकाहरुसँग घरभित्रै बसेर खेल्ने खेलहरु खेल्न सकिन्छ । उनीहरुसँगै बसेर नाच्ने गाउने , उनीहरुको रुचि, चाहाना अनुसारको कार्यहरु गर्ने , बालबालिकाहरूसँग साथिजस्तो व्यवहार गर्ने नैतिक शिक्षा दिने । उनीहरुलाई व्यक्तिगत सरसफाई सिकाउने उनीहरुसँग सबै परिवार बसेर समुहिक गफ गर्ने आफ्नो काम आफै गर्न सिकाउने ।
यो समयमा बालबालिकाहको लेखाई पढाई प्रति पर्ने असरबाट बचाउन अभिभावकहले के कस्ता किसिमका क्रियापलापहरु गर्न सकिन्छ ?
अहिलेको समय लाई बालबालिकाहरू किताबी ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान प्रधान गर्ने समयको रुपमा लिन सकिन्छ । यो समयमा बालबालिकाहरुमा रहेको सृजनशील क्षमतालाई बिकास गर्ने समयको रुपमा लिन सकिन्छ । यो बेलामा चाहिँ उनीहरुको किताबमा भएको कुराहरुलाई घरमै चित्रको माध्यम बाट सिकाउन सकिन्छ । बालबालिकालाई पढाउन आफू पनि किताब लिएर पढ्न बस्ने । एसईई दिने बिद्यार्थीहरुको लागि ntv plus मा एसईई तयारी कक्षाहरु भईरहेको हुँदा उनीहरुलाई त्यस्ता कक्षा लिन दिन लगाउनु पर्छ । बालबालिकाहरुले नबुझेको प्रश्नहरु शिक्षकहरुलाई सोध्न सक्ने वातावरण मिलाईदिने आवश्यक छ । यस्तो गर्दा अहिलेको समयमा बालबालिकाहरुको शिक्षामा पर्ने असर केही हदसम्म कम हुन सक्छ ।








