हेृटौंडा । आज दिउँसो २ बजे बोलाईएको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । विशेष कारणले गर्दा अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्ण हरि खड्काले बताए ।
यसअघि प्रदेशसभाको बैठक माघ १९ गते सञ्चालन हुने भनिएको भए पनि सूचना टाँस गरी फागुन ५ गतेसम्मको लागि स्थगित गरिएको थियो । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने बताईएको थियो । बैठक अर्को सूचना नआएसम्म स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदुर किसान पार्टीको दुई र एक स्वतन्त्र गरी ११० जना सदस्य छन् ।








