• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जापानमा आजबाट कोभिड-१९ विरुद्धको खोप अभियान शुरु

  •   बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    टोकियो । जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ ।

    बुधबार बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान शुरु भएको हो । टोकियो मेडिकल सेन्टरका निर्देशक काजुहिरो आराकी जापानमा खोप लगाउने पहिलो व्यक्ति भएका छन्। खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै निर्देशक काजुहिरोले कोरोनाभाइरस नियन्त्रणमा ल्याउने सबैभन्दा प्रभावकारी विधि खोप हो भन्ने ठानेर आफूले खोप लिएको बताए ।

    उनले भने, “खोप लगाउँदा त्यति दुखेको अनुभूति भएन । मलाई ठीकै लाग्यो ।” जापानले पहिलो चरणमा देशभरका ४० हजार स्वास्थ्यकर्मीलाई खोप दिने तयारी गरेको छ । तीमध्ये २० हजार व्यक्तिमा दुई डोज खोप लगाइसकेपछि उनीहरुमा खोपको प्रभावकारिता अध्ययन गरिने जापानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

    स्थानीय संचारमाध्यमका अनुसार खोप लगाइएका व्यक्तिमा कुनै नकारात्मक असर हुने, नहुने बारेमा तीन हप्तासम्म अध्ययन गरिनेछ । त्यसपछि मार्चदेखि अरु ३७ लाख स्वास्थ्यकर्मीलाई खोप दिइने तयारी सरकारको छ । अप्रिलदेखि ६५ वा सोभन्दा बढी उमेरका तीन करोड ६० लाख व्यक्तिलाई खोप दिइने छ । खोप अभियानको व्यवस्थापन गरिरहेका जापानका मन्त्री तारो कोनोले आमजनतालाई खोप दिने बारेमा अझै समय नतोएिको बताए ।

    उनले जापानका लागि आवश्यक कोभिड–१९ खोपका लागि तीन वटा प्रमुख फर्मास्युटिकल फर्मसँग सम्झौता भइसकेको जानकारी दिए । हालसम्म जापानले फाइजरको खोपलाई मान्यता दिएको छ, तर अस्ट्राजेनिकाले पनि स्वीकृतिका लागि निवेदन दिएको छ । जापानमा कुनै पनि खोपको स्वीकृति प्रक्रिया निकै सुस्त हुने गरेको छ किनभने खोप स्वीकृत गर्नुअघि देशभित्रै परीक्षण गरेको हुनु पर्ने व्यवस्था छ ।

    बेलायत वा संयुक्तराज्य अमेरिकाको तुलनामा जापानमा कोरोनाभाइरसको संक्रमण कमै देखिएको थियो । जापानमा करिब चार लाख १८ हजार संक्रमित हुनुका साथै करिब ७ हजारको मृत्यु भएको थियो । एएफपी

    आन्दोलन र चौतर्फी दबाबपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान दिए राजीनामा
    इरान २० वर्ष आणविक कार्यक्रम रोक्न तयार भए अमेरिका सहमत हुन्छ- ट्रम्प
    थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रा जेलबाट रिहा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.