काठमाडौं । बिक्रम बरालको स्वरमा रहेको “गल्ती” को सफलता पछि विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा “गीत रहेको गल्ती २”सार्वजनिक भएको छ । प्रदीप चापागाईँको शब्द सिर्जना रहेको गीतको लय कल्याण सिंहको रहेको छ। गीतमा विशाल पौडेलको संगीत संयोजन ,प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् । विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।








