• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ठगी धन्दा गर्ने वर्ल्डलिंक मन्त्रालयमा, अग्रवाल र जलानमाथि कारबाहीको माग

  •   शनिबार, फागुन ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । मुलुककै ठूलो ईन्टरनेट सेवा प्रदायक कम्पनी दाबी गर्ने वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडको गैरकानुनी धन्दाको फेहरिस्त सञ्चार मन्त्रालयमा पुगेको छ । देशभरका टेलिभिजन च्यानल वितरकहरुको संस्था नेपाल केबुल टेलिभिजन व्यवसायी महासंघले वर्ल्डलिंकले गर्दै आएको गैरकानुनी धन्दाको विषयमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा उजुरी परेपछि वर्ल्डलिंकको कालो कर्तुत खुलेको छ ।

    दिलिप अग्रवाल, विजय जलानसहितका व्यक्तिहरुको लगानीमा सञ्चालित वर्ल्डलिंकले ग्राहक संख्या लुकाएर करोडौं भ्याट छलि गरेको समेत यस अघि नै खुलिसकेको थियो ।

    कल वाइपास गरी गैरकानुनी रुपमा कमाएको अवैध सम्पत्तिको बारेमा यसअघि सम्पत्ति सुद्दिकरण विभागमा जलानविरुद्ध उजुरी परेको थियो । उनीमाथिको मुद्दा अझै विचाराधिन अवस्थामा छ । जलानले विभागमा आउने हाकीमहरुलाई आर्थिक चलखेल गरी मिलाउँदै आएका छन् ।

    अहिले फेरि सूचना मन्त्रालयमा उजुरी परेपछि वर्ल्डलिंकको ठगी धन्दाबारे छनविन हुने भएको छ । यहिबेला वर्ल्डलिंकले गैरकानुनी रुपमा कलवाइपास गरी राज्यलाई करोडौं नोक्सानी पार्दै आएको विषयमा पनि छानविन हुनपर्ने माग उठेको छ ।

    वर्ल्डलिंकले प्रशारणको लाइसेन्स लिएर मात्रै नेट टिभि वितरण गर्न पाउँछ । तर, वर्ल्डलिंकसँग प्रशारणको लाइसेन्स नै नभएको केबुल टेलिभिजन व्यावसायी महासंघका महासचिव मनोज गुरुङले जनाएका छन् ।

    दूरसञ्चार प्राधिकरणसँग ईन्टरनेट सेवा प्रदायकको लाइसेन्स लिएको वर्ल्डलिंकले केवल टिभी वितरण गर्न नपाउने पनि गुरुङको दावी छ । मन्त्रालयमा दर्ता भएको उजुरीमा वर्ल्डलिंकले आफ्ना इन्टरनेट उपभोग गर्ने ग्राहकलाई वितरण गर्दै आएको टेलिभिजनको सिंग्नल गैरकानूनी भएको उल्लेख छ ।

    राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा ४ इजाजतपत्र नलिई प्रसारण गर्न नहुने मा भएको व्यवस्थानुसार वर्ल्ड लिंकले प्रसारण गर्दै आएको टेलिभिजन प्रसारण इजाजत नै नलिई प्रसारण भइरहेको र उक्त दफाअनुसार यो टिभी प्रसारण गैरकानूनी भएको ठहर महासंघको ठहर छ ।

    गैर कानुनीरुपमा टेलिभिजन सिंग्नल प्रसारण गरिरहेको वर्ल्डलिंकले सरकारलाई प्रसारण शुल्क समेत तिरेको छैन ।वर्ल्डलिंकले आफ्ना इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई एनआइटिभी (NITV) ले स्थापना गरेको डिजिटल प्रसारण केन्द्रबाट टेलिभिजन सिंग्नल प्राप्त गरी प्रसारण गर्दै आएको छ ।

    ६ वर्षदेखि सिस्टर कम्पनी एनआईटिभी स्ट्रिम्ज प्रालि (इजाजतपत्र नम्बर IPTV-3/017/72)) स्थापना गरी एनआईटिभी (NITV) अंकित लोगो मार्फत वर्ल्ड लिंकले आफ्ना इन्टरनेट सेवाका ग्राहकहरुलाई टेलिभिजन सिंग्नल प्रसारण गरिरहेको छ। त्यसो त वर्ल्डलिंकले राज्यलाई प्रसारण शुल्क समेत नतिरेको उजुरीमा उल्लेख छ । राष्ट्रिय प्रसारण नियमावली , २०५२ को नियम ११ मा प्रसारण तथा वितरण शुल्क सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।

    राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम ११ (प्रसारण तथा वितरण शुल्क) मा ‘कार्यक्रम प्रसारण वा वितरण गर्ने संस्था वा व्यक्तिले आफूले गरेको वार्षिक कुल आम्दानीको दुई प्रतिशतले हुन आउने रकम प्रसारण शुल्क वापत आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र नेपाल सरकारलाई बुझाउनुपर्नेछ’ भनी प्रष्ट व्यवस्था भए पनि वर्ल्ड लिंकले प्रसारण तथा वितरण शुल्क हालसम्म पनि नतिरेको महासंघको दाबी छ ।

    इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटिभी)ले सेट टप बक्सबाट मात्र टेलिभिजन प्रसारण गर्नुपर्ने र स्वीकृत भए बमोजिम विभिन्न स्वदेशी तथा विदेशी टेलिभिजन च्यानलहरु वितरण गर्नुपर्ने वैधानिक व्यवस्था विपरीत वर्ल्डलिंकले निर्वाध रुपमा इन्टरनेटको माध्यमबाट एनआईटीभीले प्रसारण गरिरहेको महासंघको आरोप छ ।

     

     

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.