काठमाडौ । भारतबाट कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इण्डियाको विमानबाट नेपाल आइपुगेको हो । यो खोप भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको जनाईएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० लाख डोज खोप खरिदको लागि सम्झौता भएकोमा पहिलो खेपमा १० लाख डोज खोप ल्याइएको छ । फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यलयहरुबाट देशभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








