फाइल फोटो
धनुषा । धनुषाबाट अपहरणमा परेका एक बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । जनकपुरको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित माछा बजार नजिकै एक होटलबाट शनिबार राति उद्धार गरिएको हो ।
जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएकामा साँझ बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो । फिरौती मागेको अरोपमा प्रहरीले बालकका मामा र बाबुसहित ३ जना पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।








