• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

क्षयरोगका बिरामी खोज्दै

  •   मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल क्षयरोग निवारण संस्था नारायणगढले समुदायमा रहेका क्षयरोगका बिरामीलाई परिक्षण, उपचार र जनचेतना मूलक कार्यक्रम गर्दै आइरहेको छ । विं सं. २०३६ सालबाट निरन्तर रुपमा सो संस्थाले अभियान चलाउँदै आएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १ लिलाचोकमा कार्यालय रहेको सो संस्थाले गत वर्ष ९ सय ९१ जनाको खकार परिक्षण गरि ४५ जना क्षयरोगका बिरामीको उपचार गरिरहेको छ । कार्यक्रम अधिकृत अर्जुन त्रिपाठीका अनुसार चालु आर्थिक वर्षको हाल सम्म १ सय ४४ जनाको परिक्षण गरेको छ ।

    जस मध्ये ८ जना क्षयरोगका बिरामी भेटिएका छन् । संस्थाका सभापति दामोदर न्यौपानेका अनुसार यस वर्ष बिभिन्न आठ वटा जनचेतना मुलक कार्यक्रम गरिएको छ । गत वर्ष १० वटा कार्यक्रम गरिएको थियो । बिभिन्न संघ संस्था, सरोकारवाला, बिरामी, समुदायका मानिसहरु, स्वास्थ्य आमा समुह लगाएत लक्षित वर्ग सम्म पुगेर रोगको बारेमा जानकारी संगै जनचेतना फैलाउने काम भइरहेको छ । संस्थामा हाल २९ जना क्षयरोगका बिरामी उपचाररत छन् । ती बिरामी मध्ये सात जनालाई मल्ट्रि ड्रग रेसिस्टेन्ट अर्थात महंगो खालको औषधि खुवाएर उपचार गरिदैं छ ।

    ६ महिना औषधि खाँदा निको नभएका जटिल बिरामीलाई यो औषधि खुवाउने गरिन्छ । न्यौपानेका अनुसार ती बिरामीलाई एक जनाको उपचारमा रु ८ लाख हाराहारी खर्च हुने गर्दछ । उनीहरुका लागि सरकारले औषधि, पोषण र परिक्षण खर्च उपलव्ध गराउँछ । त्यसको सहजीकरण संस्थाले गर्दै आएको न्यौपानेले जानकारी दिनुभयो । उनीहरुलाई ९ देखि १८ महिना औषधि खुवाउनु पर्ने हुन्छ । सामान्य अबस्थाका बिरामीका लागि करिब रु ६ हजार खर्च हुने गर्दछ ।

    उनीहरुलाई ६ महिना सम्म नियमित औषधि खुवाउनु पर्ने हुन्छ । क्षयरोग दुई प्रकारका हुने गर्दछन् । जस मध्ये एउटा फोक्सोमा लाग्ने गर्दछ भने अर्को अन्य अंगहरुमा लाग्ने गर्दछ । फोक्सोमा लागेको क्षयरोग स्वासप्रश्वासबाट सर्ने गर्दछ । अन्य अंगमा लागेका क्षयरोग सदैंन । संघले क्षयरोगका बिरामीको एचआईभि एड्स परिक्षण र एचआइभिका बिरामीको क्षयरोग परिक्षण समेत गर्ने गर्दछ । न्यौपाने भन्नुभयो “सामाजिक व्यक्तिहरुको सहयोगका कारण समुदायमा बिरामी खोजेर उपचार गर्ने यो अभियानले निरन्तरता पाएको छ ।” उहाँको भनाईमा नेपालमा वि. सं. २०१० सालमा स्थापना भएको यस संस्था अन्तर्गतका शाखाहरुमा सामाजिक व्यक्तिहरु रहेर समुदायमा सेवा गर्दै आएका छन् ।

    यस संस्थाले बिद्यालयहरुमा जुनियर नाटा नामक समितिहरु गठन गरि जनचेतनामुलक कार्य समेत गर्ने गरेको छ । सो संस्था संञ्चालनका लागि रु ४७ लाख ५० हजारको अक्षय कोष खडा गरिएको छ । संस्थाले बिगत १० वर्ष देखि एम्वुलेन्स सञ्चालन गर्दै आएको छ । यस संगै हालै मात्र नयाँ एम्बुलेन्स खरिदका लागि संस्थाका पूर्ब सभापति भिमराज पाठकले रु १५ लाख संस्थालाई उपलव्ध गराउनु भएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी सरकारले गर्नुपर्ने काम यस संस्थाले गर्दै आएको बताउनु भयो ।

    जनचेतना मार्फत संकास्पदलाई परिक्षणको दायरामा ल्याउने, नियमित औषधि खुवाउने लगाएतका काम संस्थाले गरिरहेको उहाँको भनाई छ । कोरोना सङ्क्रमण सुरु भए लगत्तै औषधि प्रयोग गरिरहेकाहरुलाई संगठित वनाएर अनुभव आदानप्रदान र उपचारमा सहयोग गरेर नमुना काम गरेको उहाँले जानकारी दिनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.