काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९४ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेको छ । पछिल्लो २४ घण्टामा ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार १३९ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६६ पुगेको छ । आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५५५ रहेको छ ।








