काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार २२३ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ७६७ पुगेको छ । आज कोरोनाबाट थप ८३ जनाको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।
मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्क विश्लेषण गर्दै बुधबार मन्त्रालयले अहिलेसम्म भएको निधनमा ६१८ जना थप गरेको थियो । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ८८२ रहेको छ ।








