• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

स्वास्थ्य दर्पण टेलिभिजन टक शोको नवौँ वार्षिकोत्सव सम्पन्न

  •   शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ हुनुपर्ने बताएका छन् ।

    स्वास्थ्य दर्पण टेलिभिजन टक शोको नवौँ वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित चिकित्सक एवं सञ्चारकर्मीको सम्मान र ‘स्वास्थ्य दर्पण विशेष–४’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक परिवर्तन नभई राजनीतिक परिवर्तनले स्थिरता नपाउने बताए ।

    ‘स्थिरता र समृद्धिको जति भाषण गरे पनि तीन वर्षमा उल्लेख्य काम हुन सकेन, यो बीचमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने देशमा सूचीकृत भयो’, पूर्व उपप्रधानमन्त्री समेत रहिसकेका नेता सिंहले भने ।

    पूर्व सांसद रामहरि खतिवडाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधानको बाटोमा हिँडाएपछि ढिलो–छिटो जनमतमै जानुपर्ने बताए । गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले शिक्षा र स्वास्थ्यजस्ता मौलिक हकका विषयमा राज्यले सबै जिम्मेवारी लिनुपर्ने बताए । चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ थियो ।

    कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले निर्धक्कसँग काम गर्ने अवस्था अझै हुन नसकेको बताए । शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक प्रा। डा। पुकारचन्द्र श्रेष्ठले चिकित्सकले रातदिन दुःख गरे पनि जस पाउने अवस्था नरहेको बताए ।

    नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने काला कानून अझै संसदीय समितिमा विचाराधीन रहेकाले त्यसविरुद्ध सञ्चारकर्मी एकजुट हुनुपर्ने बताए । कोभिडका कारण पेशाबाट विस्थापित भएका पत्रकारलाई पुनः काम गर्ने वातावरण बनाउन राज्यले पनि सहयोग गर्नुपर्ने उनको माग थियो ।

    चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन डा। दिव्या सिंहले आधारभूत आवश्यकता पूरा गर्न पनि चिकित्सकको शुल्क समायोजन हुनुपर्ने बताइन् । कलेज अफ मास कम्युनिकेसन एण्ड जर्नालिज्मका प्राचार्य डा। मञ्जु मिश्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून बनाउन आवश्यक रहेको बताइन् ।

    कार्यक्रममा स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा लि का अध्यक्ष सन्दीपकुमार श्रेष्ठले झापाबाट कर्णालीसम्मका ७०० जना चिकित्सा क्षेत्रका व्यक्तित्वलाई हालसम्म सम्मान गरिएको बताए ।

    सो अवसरमा मिर्गौला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्ले, डा.इश्वरी लौडारी, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, नेवाः पत्रकार राष्ट्रि दबुका अध्यक्ष सुरजवीर बज्राचार्य, नेपाल टेलिभिजनका पत्रकार गजुरधन राई, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठलगायतले चिकित्सकलाई सुरक्षाका लागि कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

    चिकित्सक र पत्रकार सम्मानित

    स्वास्थ्य क्षेत्रमा योगदान दिएवापत प्रदेश १ बाट वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, प्रदेश २ बाट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.लक्ष्मी थापा, वाग्मती प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा.पशुपति रेग्मी र वरिष्ठ अर्थोपेडिक सर्जन डा. सुदीपमान वैद्य, गण्डकी प्रदेशबाट वरिष्ठ फिजिसियन डा.वसन्तकुमार ताम्राकार, लुम्बिनी प्रदेशबाट वरिष्ठ अर्थोपेडिक सर्जन डा.प्रकाशबहादुर थापा, कर्णाली प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा. रविन खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्ट, स्वास्थ्यकर्मी कमल नारायण श्रेष्ठ, हरिकुमार शाही ,यसैगरी युवा चिकित्सक मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी, फिजिसियन डा. निरजकुमार सिंह, जनरल ल्याप्रोस्कोपीक सर्जन डा.
    सूर्यज्योति श्रेष्ठ त्यसैगरी, विदेशी नागरीक डा.मेड रूथ गोन्सेट लाई अवार्ड गरिएको थियो। डा .रूथ वरिष्ठ छालारोग विशेषज्ञ तथा स्विट्जरल्याण्डकी पूर्वसांसद समेत हुन् ।

    कोभिड–१९ व्यवस्थापनमा उल्लेखनीय काम गरेका लुम्बिनी प्रदेश बाँके जिल्लाको खजुरा गाउँपालिका र वाग्मती प्रदेश चितवन जिल्लाको इच्छाकामना गाउँपालिकालाई पनि सो अवसरमा संस्थागत सम्मान गरिएको थियो ।

    कार्यक्रममा स्वास्थ्य पत्रकारितामा उल्लेखनीय योगदान गर्ने पोखरा टेलिभिजनका सुरज श्रेष्ठ, नेपाल समाचारपत्रका भगवती तिमल्सिना, रेडियो सगरमाथाकी सम्झना महर्जन, गोरखापत्र दैनिकका सरोज ढुङ्गेल, अन्नपूर्ण पोष्ट दैनिकका दिनेश गौतम, इ–कान्तिपुर डटकमका बुनु थारू र हेल्थन्यूज डटकमका नमराज भट्टलाई पनि सम्मान गरिएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.