• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

नेपालमा मानव बेचबिखनको अबस्था र न्युनिकरणका उपाए

  •   सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेपालमा मानव बेचविखनका घटनाहरु दिनानुदिन निमतीरहेका छन् । बिषेशगरी नेपाली समाजमा बिभिन्न प्रलोभनमा परेर तस्करको फन्दामा पर्दा मानव बेचविखनका घटनाहरु बढ्ने गरेको जानकारहरु बताउछन् । यसै संबन्धी हलकारो समाचारसँग कुरा गर्दै अधिवक्ता रामहरि गौतमले यस्तो बताउनुहुन्छ ।

    मानव बेचविखन र मानव तस्कर भनेको के हो ?

    मानव बेचविखन भनेको मानिसलाई जवरजस्ती कुनै पनि किसिमका असहमति धम्की वा बलको प्रयोग वा अन्य प्रकारको करकाप, अपहरण, धोका, अख्तियारको दुरूपयोग वा कमजोर पारिवारीक स्थिति, आर्थिक लाभको माध्यमबाट अर्को ब्यक्ति उपर नियन्त्रण राख्नेबाट, यौन शोषणको प्रयोजन लागि अर्को ब्यक्ति उपर नियन्त्रण राख्ने ब्यक्तिको सहमती हासिल गर्न ब्यक्तिहरुको नियुक्ती, ओसारपसार, स्थानान्तरण, आश्रय दिने वा प्राप्त गर्ने काम संम्झनु पर्छ। मानिसलाई न्यूनतम रुपमा अरुको वेश्यावृत्ती या यौन शोषण, जवरजस्ती श्रम , अन्य सेवामा लगाउने काम, दासता वा दसता सरहका अभ्यास, बाधा बनाउने मानव अङ्ग झिक्ने काम समेतलाई जनाउछ । यी उल्लेखित कुनै माध्यमको प्रयोग भएको अवस्था र नियोजित शोषणका लागि मानव बेचविखनवाट पिडितले दिएको सहमती असान्दर्भिक हुने छ । यि माध्यामको उपयोग विना नै शोषणको प्रयोजनका लागि कुनै बाल बालिकाको भर्ती, ओसारपसार, स्थानान्तरण, अश्रय दिने वा प्राप्त गर्ने काम माध्याम मानव बेचविखन तथा ओसारपसार मानिने छ । त्यस्तै, यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि हुने मानिसको अवैध व्यापार नै मानव तस्करी हो। मानव तस्करीमा तस्करीमा परेको मानिस आफैले सहयोग गरिरहेको हुन्छ । यसमा व्यक्ति स्वंयलाई आफू गैरकानूनी कार्य गरिरहेको जानकारी हुने भएकोले सधैं जोखिममा रहन्छ । त्यहाँ बास्तविक वा गुप्त बल प्रयोग हँुदैन । तस्करीमा परेका मानिसहरु पिडित नभएर कानून उल्लङ्घनकर्ताहरु हुन् । उनीहरु काम (जागिर) छाड्न वा परिवर्तन गर्न स्वतन्त्र हुन्छन् । एक देशबाट अर्को देशमा मानिसहरुका अबैध प्रवेशलाई सघाउँछ । तस्करी जहिलेपनि अन्तर्राष्ट्रिय सीमा नाघेर नै हुन्छ । व्यक्ति अनाधिकृत रुपमा अन्य देश भित्र प्रवेश गरेको हुनुपर्छ वा प्रवेश गर्ने प्रयास गरेको हुनुपर्छ ।

    यो कसरी हुन्छ ?

    मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै पनि प्रकारले ललाईफकाई, प्रलोभनमा पारी झुक्याई, जालसाज, प्रपञ्च मिलाई जबरजस्ती , करकापमा पार्ने गरिएको जनाउँछ । त्यस्तै अपहरण, शरीर बन्धक राखी नाजूक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग पनि यसको कारण हो । साथै अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लैजाने गरेका हुन्छन् । त्यस्तै आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने , कुनै स्थानमा राख्ने, नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ वा विदेशमा लैजाने, अरु कसैलाई दिने मानव तस्करको काम हुन आउँछ ।

     मानव तस्कर हुनुको कारण के हो?

    नेपालमा अशिक्षा र रोजगरीको अवर नहुँदा मानिस बेचबिखनको सिकार भएका छन् ।घरेलु हिंसा पनि महिलाहरू बेचिने अर्को कारण हो । घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुन्छन्। हिंसामा परेकाहरू सधैं अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाडैं त्यस्ता दलालको पञ्जामा पर्छन्। आधुनिक सुविधाको उपभोग गर्ने रहर र धन कमाउने विदेश घुम्ने रहर पूरा गर्ने आशाले गर्दा बेचिन पुग्छन् ।

     नेपालमा हाल मानव बेचविखनको अवस्था कस्तो छ?

    नेपालमा मानव बेचबिखनको अवस्था भयावह बन्दै गएको पाइन्छ । मानव बेचविखनको अवस्थालाई हेर्दा खेरी पछिलो वर्षमा मात्र करिब करिब ३५ हजार मानिसहरु मानव बेचबिखनको सिकारमा परेको अवस्था छ । पछिल्लो समय मानव बेचबिखनका घटनाहरुको स्वरुप, प्रवृत्ति र शैलीमा व्यापक रुपान्तरण आएको पाइन्छ । बैदेशिक रोजगारी, शैक्षिक परामर्श, अन्तरदेशीय विवाह, पर्यटन तथा साँस्कृतिक कार्यक्रम, धर्मसन्तान लगायतका विभिन्न नाममा बेचबिखनका घटना बढ्दै गएको पाइन्छ ।नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्राप्त तथ्याङ्कअनुसार अघिल्लो आवमा मानव बेचबिखन विरुद्धका उजुरीको संख्या दिन प्रती दिन बढेको देखिन्छ ।पछिलो समयमा वैदेशिक रोजगारीका नाममा मावन बेचबिखन हुने गरेको पाइन्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.