नवलपुर ।प्रहरीले दुम्कीबासबाट तिन लाख मुल्य बराबरको बिना बिल कागजातको लता कपडा बरामत गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्कीवास नवलपरासीबाट खटिएको प्रहरी टोलीले बिनयी त्रिबेणी गा.पा. वडा नं.१ दुम्कीबास स्थित राजमार्गमा चेकजाँच गर्ने क्रममा कपडा बरामत गरेको हो ।
प्रहरीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको सवारी साधनहरुमा चेकजांच गर्ने क्रममा तिन लाख मुल्य बराबरको बिना बिल कागजात लत्ता कपडा बरामद गरेको हो । प्रहरीले २० मिटरको दरले ९३ पिस कुर्था , धोति (साडी) १६ पिस , चुण्डी(सल) ५५५ पिस रहेको छ ।









