सांकेतिक तस्विर
सर्लाही । सर्लाहीमा घरको छतबाट खस्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कौडेना गाउँपालिका-२ इनर्वाका २० वर्षीय श्याम बाबु मुखिया रहेका छन् ।
मलंगवा नगरपालिका-४ पानीटंकीमा निर्माण भइरहेको रामबाबु साहको घरको छत ढलान गर्ने क्रममा मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । ठेकेदार संजय महतोले ठेक्का लिएर काम गर्ने क्रममा खसेका मुखियाको जिल्ला अस्पताल मलंगवा लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।








