काठमाडौं । गायक प्रविण बेडवाल र गायिका एलिना चौहान स्वर रहेको ‘फूल राम्रो’ सार्वजनिक भएको छ । गीतमा कृष्ण केसीको शब्द, संगीत र सुनिल परियारको एरेन्ज रहेको छ । भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । जसमा बुद्ध थापा छायाँकन, रुपेश खड्काको सम्पादन छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल सम्झना खत्रीको अभिनय रहेको छ ।








