सांकेतिक तस्विर
बीरगञ्ज । पर्साको बीरगञ्जस्थित एक गोदाममा मजदुरको शव भेटिएको छ । बीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा रहेको गोदाममा स्थानीय ६० बर्षीय रामानन्द साह मृत भेटिएका हुन् ।
गोदामभित्र मजदुरको मृत्यु भएपछि ठेकेदार फरार रहेका छन् । साहको शव परीक्षणको लागि नारायणी अस्पतालमा राखिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले जानकारी दिए ।








